गजल
अतीत बल्झंछ नगाउ त्यहीँ गीत सानु!
लाउदीन फेरी घाऊ चाह्र्यौने मीत सानु!!
कति सस्तो ती भाबना र मुस्कान हरु,
नेपथ्य माँ हराय सबै चोखो प्रीत सानु !
अंगालो माँ आज कोही भोली फेरी अर्को ,
रुवाउनु धेरै लाई त्यहीँ तिम्रो जीत सानु !
घात को ढोका खोलेर पहिले पिरती गासेउ,
आधुनिक युग को यही नया रीत सानु !
हेरी शरीर बुझ्न गाह्रो मन का कुरा,
लाग्छ तिमी घाम सगै हराउने सीत सानु!!
No comments:
Post a Comment