रंगमंचको भूलभुलैयामा परेर बिर्सियौ!
अनायासै दिलबाट बसाई सरेर बिर्सियौ!!
म त धुलो हू सक्दिन दिन जून आकाशको
नपाउने त्यों सपनाको कुरा गरेर बिर्सियौ!
जे थियो मा संग सबै त्यों दिएकै त थिए
फेरी किन स्वार्थीपनमा झरेर बिर्सियौ!
मायामा कृतिम मिठास त कहा हुन्छ र सानु,
भेटाउन त्यों अरुको बैशमा चरेर बिर्सियौ!
एउटा मुटु काटेर दुइटा घाऊ बनाई,
पराइको डोली चढेर खोली तरेर बिर्सियौ!
कबिता
धेरै पाए !
तिमीलाई माया गर्छु भनेर
कसरी देखाऊ?
देखाउन,
मुटु मागेर हेर
भन्न सक्दिन
किनकी
म बाचेर पो
तिम्रो ख़ुशी हेर्न सक्छु
तिमी संगका अतीत
अनि,
अतीत भित्रका हरेक
पलपल सम्झेर
नेपथ्यमा हास्न सक्छु
यदि....यदि.....
हास्न निषेध गरेकी छौ
भने,
रुन त पक्कै सक्छु
यहाँ नरुनु भन्ने
मेरो को नै छ र?
मलाई थाहा छ
हासो र ख़ुशी पाउनु
मेरो लागी
तिमीले दुख पाउनु भन्दा
अझ धेरै कठिन छ!
तर पनि,
तिमिबाट दुई दिनमा
धेरै पाए नि त.......
हजार पीड़ा पाए!
लाखौ दुख पाए!
करोडौ चोट पाए!
पाइन त केबल
तिम्रो....हो...निस्ठुरी
तिम्रो माया पाइन!
तिम्रो साथ पाइन!
मेरा यी हात माथि
तिम्रो हात पाइन!!!
गजल
आखा रसायो किन धेरै धेरै रुन रहेछ!
हिजो हसायौ आज बिछोड हुन रहेछ!!
बाचा कसम दिदा मैले सोचे माया पाए,
यो दुखिलाई लगाएको सानो गुन रहेछ!
तिमीलाई रुवाउने परेछु अभागी,
चिनाउ न त हसाउने कुन रहेछ!
मैले छुदा झर्किएर तर्किन्थ्यौ तिमि,
अरु कसैलाई मायाले छुन रहेछ!
सायद बिर्सिएछु म त धर्तिको धुलो,
जे चाहेथे त्यो आकाशको जुन रहेछ!
Subscribe to:
Posts (Atom)