पर्वतेहरु किन ओझेलमा?
करीब करीब चार लाख नेपालीहरु रहेका मलेशियामा पर्बत जिल्ला बासीहरु कति संख्यामा होलान? आउनुहोस अनुमान लगाऊ....एक लाख....अलि धेरै पो भयो कि, पचास हजार...सायद यो पनि धेरै भो, तिस हजार.....हैन बिस हजार त पक्का छौ! यदि यो प्रवासी भूमिमा श्रम गरिरहेका चार लाख नेपाली हरु मध्य बिस हजार श्रमिक पर्वते मात्र छौ भने हाम्रो अस्तित्यो खै त? अहिले सम्म यो प्रश्नको प्रतिपादन गरिएन, नेपथ्यमा गरिए पनि कसैले सुनिएन! अझै पनि यो प्रश्नको उत्तर खोजिएन भने कसले कहिले खोज्ने? यहाँ पूर्व मेची देखि पश्चिम महाकाली सम्मक हरेक जिल्ला बाशी हरुले आआफ्ना शितल चौतारी निर्माण गरेको पाइन्छ जसले गर्दा कठोर परिशरमले थकित श्रमिक हरुले राहतको महशुष गर्न सकेका छन् भने श्रम शोषणको रापमा जलेका श्रमिकहरु ले शितलता महशुष गरेको पाइन्छ! अब यहाँ फेरी प्रश्न आउछ यस्तो नसिब पर्वते हरुको खातामा खै? त्यो छाया हाम्रो शिर माथि खै? अरु कसैले सिर्जना गरिदेला भन्ने संकुचित सोचले पर्वते हरुलाई गाज्दै त लगेन? यदि यस्तै हो भने तपाई हामी भ्रममा छौ! जुन भ्रम लाई पन्छाएर एक कदम अघि बढी "पर्बत-मलेशिया सम्पर्क मंच" को परिकल्पना गर्नु आजको प्रमुख आबश्यकता हो!
दुइ क्षेत्र भित्र पचपन्न गा. बि. स. रहेको पर्वतका हजारौ श्रमिकहरु मलेशियामा कार्यरत रहेर पनि कुनै अस्तित्यो मा नदेखिनु अति लाज लाग्दो कुरा हो! उत्तरमा खुर्कोट, दुर्लुंग, शिवालय देखि दक्षिन् मा हुवास, त्रिबेणी, उराम, सेतिबेनी सम्मका पचपन्न गा. बि. स. मा एक सय दश बिशेषता रहदा रहदै पनि हामी मौन बसिदिदा ति बिशेषता हरुको प्रभाब क्रमस; कम हुदै जान सक्छ! भोक्सिंग को डाडामा उत्पादन हुने आलु हेलिकप्टर बाट निर्यात हुने सत्य, हुवास, सरौंखोलामा उत्पादन हुने अदुवा देश भरि नै फैलिने सत्य लुक्न पनि सक्छ! शिवालय मा रहेको गुप्तेश्वर गुफा को बयान, कुस्मा देखि ग्यादी जोड्ने नेपालकै सब भन्दा लामो र सब भन्दा उचाई मा रहेको झोलुंगे पुलको आश्चर्यता, पन्चासेको सुन्दरता,शितलता र रौनकत, सेतिबेनी शिलाको पुरातातिक महत्व, धार्मिक स्थल पैयुकोट को शिरको शान र कालिगण्डकी नदीको कल्कलता हरौना पनि त सक्छ! यति धेरै बिशेषताका धनि हामी पर्वते हरु रोजगारीका लागि धेरै संख्या मा बिदेशिनु एउटा बिडम्बना त हो नै त्यस माथि बिदेशिएका चालिस प्रतिसत श्रमिक मलेशियामा रहेर पनि संगठित नहुनु अर्को ठुलो बिडम्बना हो भन्न सकिन्छ!
श्रमिक हरुका हक र अधिकारको लागि अरु कसैको मुख ताक्नु भन्दा आफु नै अग्रसर हुनु पर्छ तर यस्तो सोच अनि विचारलाई पर्वते हरु ले जन्म दिएको देखिदैन! श्रमिकका हक, अधिकारका लागि बिगत धेरै वर्ष देखि क्रियाशील अंतर्रस्त्रिय संजालमा पनि पर्वते हरुको पातलो उपस्थिति हुनु दुख लाग्दो कुरा हो! यसको प्रमुख कारण भनेको आफु आफु नै संगठित हुन नसक्नु हो! भोलि आफैलाई आत्मग्लानी हुने परिस्थिति बाट बच्नु पर्छ! आफ्नो पारिबारिक जिम्मेबारी लाई भुल्नु पनि हुदैन र यस भन्दा एक कदम माथि आफ्नो बस्ति, गाउँ र देशको लागि थोरै भय पनि सोच्दा कसैले गाली गर्दैन!मलाई लाग्छ,"राम्रो सोच्नु कुनै दुर्घटना होइन!" हुन पनि हो तपाई हामीले आज गरेको सानो प्रयासबाट भोलि केहि उपलब्धि हासिल हुन्छ भने त्यो किमार्थ दुर्घटना होइन! अन्तमा, आज यहि हजारौ श्रमिकहरु को ढुकढुकी श्रम साप्ताहिकको पाना बाट सम्पूर्ण मलेशिया भरि छरिएर रहेका पर्वतेहरु लाई अपिल गर्न चाहन्छु, "आउनुहोस हात माथि हात राखौ!" १२ घण्टा, १६ घण्टा, १८ घण्टा काम मा खतिएपछि बचेको समयमा केहि गर्नु अति कठिन त छ नै तर प्रयास गरे जति कठिन कम पनि सहज हुन् सक्छ!