मुस्कुराएर नबोलिदेउ रहर भरिन्छ!
नजिस्किदेउ बसन्तका प्रहर भरिन्छ!!
मायाको सब्दरश धेरै नपिलाइदेउ ,
खुशिले मेरो मनको शहर भरिन्छ!!
मन भित्र लुकाएर आखामा हेरिरहनु,
म भित्र सधै तिम्रो मायाको लहर भरिन्छ!
रिसाउन खोज्दै नतडपाउनु नि मलाई ,
घिड़ा र पिडाले शरिरमा जहर भरिन्छ!
चोखो माया नपाएर नखा'को भोको छू,
बैस नदेखाऊ फोहोरले नहर भरिन्छ!


No comments:

Post a Comment