गजल
-युबराज सापकोटा
कतिलाई माया गर्छु भनेउ!
मेरो लागी पनि मर्छु भनेउ!
सेतिखोला उर्लदा भयंकर,
मेरै लागी निबस्त्र तर्छु भनेउ!
मेरो आखामा बिझाए यदि,
मेरै मुटुमा सुटुक्क सर्छु भनेउ!
दिनमा अप्ठारो लागेछ भने ,
रातमा हुवास तिर झर्छु भनेउ!
बिबाह गरौ न त अब भन्दा,
म त दलित बर्गमा पर्छु भनेउ!
-हुवास बजार-८ ,पर्बत (नेपाल)
No comments:
Post a Comment