गजल
हेर हेर नजरले मलाई तिमी हेरी देउन!
हिजो को जस्तै माया आज फेरी देउन!!

बिहानी मा दिनु मुस्कान मिठो,
चुम्बन साझ परदा खेरी देउन !

बैस को कुरा लुकाएर आज तिमीले,
केबल माया ले मलाई घेरी देउन !

तिमी सगै बाच्छु अनि मर्छु,
तिम्रो पछयूरी ले बेरी देउन!

शंका गर्नु पर्दैन "नशा" लाई,
खाली कागज हो यो केही केरी देउन!

No comments:

Post a Comment